‘स्ट्रेट अफ होर्मुज’मा ट्याङ्करहरू ठोक्किएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरु गरेको छ । हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरु गरेको हो । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दाबी गरेको बीबीसीको खबरमा उल्लेख छ ।
सोमबार र मंगलबार २४ घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको खबरमा उल्लेख छ । एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया भएको बताएका छन् ।
यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका–इरान ज्ञापनपत्रको उल्लङ्घन भनेका छन् र तेहरानले ‘निर्णायक कदम चाल्ने’ चेतावनी दिएको छ । यसअघि, इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबारराति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस