Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा र एनएमबी बैंक मर्ज हुने हल्ला मात्रै, कुनै पनि वित्तीय संस्थासँग मर्जर प्रक्रियामा नरहेको बैंकको स्पष्टिकरण

आइतबार, ०८ पुस २०७५, १९ : २६ मा प्रकाशित

गरिमा र एनएमबी बैंक मर्ज हुने हल्ला मात्रै, कुनै पनि वित्तीय संस्थासँग मर्जर प्रक्रियामा नरहेको बैंकको स्पष्टिकरण

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा गरिमा विकास बैंक र एनएमबी बैंक मर्जर को समाचार एकाएक भाइरल भएको छ ।

उक्त समाचार एकाएक भाइरल भएपछि गरिमा विकास बैंकले एक विज्ञप्ती जारी समाचारमा सत्यता नभएको स्पष्टिकरण दिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘षौष ५ गते अर्थ सरोकार नामक अनलाईन पोर्टलले ‘गरिमा विसका बैंक लिमिटेड  र एनएमबी बैंक लिमिटेड विच मर्जर हुदै’ भन्ने समाचार प्रकाशन भएकोमा विकास बैंकको ध्यानाकर्षण भएको  छ ।

हाल गरिमा विकास बैंक कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियामा नरहेको  र  उक्त प्रकाशित समाचार निराधार भएको सम्पूर्ण पक्षलाई जानकारी बैंकले गराएको छ । मर्जरको हल्लाले आइतबार दोस्रो शेयर बजारमा गरिमा विकास बैंकको प्रतिकित्ता शेयर मूल्य १३ रुपैयाँ बढेर २०३ रुपैयाँमा पुगेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको