Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि ,मिर्मिरे र स्वावलम्बनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, ०९ पुस २०७५, ०९ : ०१ मा प्रकाशित

एनएमबि ,मिर्मिरे र स्वावलम्बनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साधारण सभामा प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने सोमवार अर्थात आज अन्तिम दिन रहेको छ ।

तीनओटै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएका छन् । यसको आधारमा पुस ९ गतेसम्म सम्बन्धित कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

एनएमबि बैंकले पुस २६ गते २३ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा आर्मी अफिसर्स क्लव, भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ । बैंकले सभामा १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २१ गते आठौं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा मिराबल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलान्चोकमा मध्यान्ह साढे १२ बजे शुरु हुनेछ । कम्पनीले सभामा २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । साथै, सभामा कार्यक्षेत्र विस्तार लगायतका प्रस्तावहरूमा पनि छलफल हुनेछ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले पुस २६ गते १७ औं वार्षिक साधारण सभाको आयोजना गर्दैछ । सो सभा अम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान साढे १० बजे शुरु हुनेछ । कम्पनीले सभामा २५ प्रतिशत बोनस शेयर र ११ दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको