Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको शेयर आजदेखि लिलामीमा

सोमबार, ०९ पुस २०७५, ०९ : २१ मा प्रकाशित

छिमेक लघुवित्तको शेयर आजदेखि लिलामीमा

अर्थ संसार, काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको ५ लाख २३ हजार ६६ कित्ता शेयर लिलामीमा ल्याएको हो । यो शेयरमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिशेयर  १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतमतर्फ सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि पढ्नुहोस्

एनएमबि ,मिर्मिरे र स्वावलम्बनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

हकप्रद त्याग्दै बाणिज्य बैंक, नगद र शेयरमा जोड, कुन बैंकको लाभांश कति (सूचिसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको