अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा सोमबार सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको शेयर लाभांशको नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।
सिद्धार्थ बैंकले २०७४\ ७५ मा गरेको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिने दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता ३ सय ९ रुपैयाँ ५२ पैसा हुने गरी शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधार शेयर मूल्य ३ सय ५५ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस