Like us!
Follow us!
Connect us!
Watch us!

निर्मलाको न्याया माग्दै ७५ वर्षिय हजुर आमा सडकमा (फोटोफिचर)

सोमबार, ०९ पुस २०७५, १७ : ०३ मा प्रकाशित

निर्मलाको न्याया माग्दै ७५ वर्षिय हजुर आमा सडकमा  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– सोमबार दिउँसो ‘निर्मलाको निम्ति न्याय, न्यायको निम्ति आवाज’ भन्दै विद्याथीले माइतिघर मण्डलामा विरधोसभा गरेका छन् । विद्यार्थीको हुलमा ७५ वर्षिक सुनमति जैशी पनि थिइन ।

पुरानो रेडियो सहित बोकेर विरोधसभामा आएकी सुनिताले ‘निर्मला न्यायको लागि हाम्रो बुलन्द’ लेखिएको पम्पप्लेट बोकेकि थिइन् । ‘हाम्रा कलिला नातिनीहरु दिनदिनै बलात्कारको सिकार हुनथालेपछि नातिनिहरुको सुरक्षाको लागि म ७५ वर्षिय बुढी आमा विरोधसभामा आएको हुँ’ जैशीले सुनाइन ।

सुदुर पश्चिमबाट न्याय माग्न काठमाडौं आएकी ७५ वर्षिय जैशीले सरकारको कार्यशैलीमाथि प्रश्न चिन्ह गरिन । निर्मला नातिनिको बलात्कार पछि हत्या भएको यतिका महिना हुँदा पनि हत्यारा पत्ता लगाउन सक्दैन भने अब सरकारबाट हामीले के को अपेक्षा गर्ने ? भोली त हाम्रा छोरी, नातिनिहरु कसरी सुरक्षित हुने ? पहुँच हुनेका छोराहरुले बलात्कार गर्दे हिड्ने बातावरण सरकारले गरेको जैशीले बताइन् ।

भोलीका दिनमा सवैको छोरीहरु बलात्कारको सिकारबाट बच्न र बचाउने हो भने निर्मलाको न्यायको लागि सवै एक जुट हुन जैशीले आग्रह समेत गरिन ।

हस्ताक्षरसहित भएको विरोधसभामा सयौंको संख्यामा विद्यार्थीहरु उपस्थिति रहेको थियो ।  गत साउन १० गते साथिको घरमा गएकी निर्मला एकाएक वेपत्ता भएकी थिइन । भोलीपल्ट साउन ११ गते उखुबारीमा उनको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । सरकारले हत्याराको खोजी कार्य गरिरहेको भएपनि अझैसम्म पत्ता लगाउन सकेको छैन ।

5c20c791719d6.jpg 5c20c797d4bf2.jpg 5c20c79f5843b.jpg 5c20c7a2dfb0d.jpg 5c20c7a53ff6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको