Like us!
Follow us!
Connect us!
Watch us!

बोनस शेयरपछि नेप्सेमा मिर्मिरे, स्वावलम्बन र एनएमबी बैंकको शेयर मूल्य समायोजन

मंगलबार, १० पुस २०७५, १२ : ५० मा प्रकाशित

बोनस शेयरपछि नेप्सेमा मिर्मिरे, स्वावलम्बन र एनएमबी बैंकको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्जमा मंगलबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।स्टकका अनुसार मिर्मिरे लद्युवित्त वित्तीय संस्था, स्वावलम्बन लद्युवित्त वित्तीय संस्था र एनएमबी बैंकको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।

मिर्मिरे लद्युवित्त वित्तीय संस्थाले २०७४ \७५ मा गरेको नाफाबाट २४ प्रतिशत  बोनस शेयर दिने  दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता ९ सय ६९रुपैयाँ ३५ पैसा हुने गरी शेयरमूल्य समायोजन गरेको हो । मिर्मिरेको औसत आधार शेयर मूल्य १ हजार ४ सय ४४ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

त्यसैगरी स्वावलम्बन लद्युवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफबाट २५ प्रतिशत बोनस शेयर दिइएको थियो । उक्त बोनस शेयरलाई आधार मानेर  नेप्सेले ८ सय ८८ रुपैयाँ ४० पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।यसका लागि कम्पनीको औसत आधार शेयर मूल्य १ हजार ८० रुपैयाँ २० पैसा कायम भएको छ ।

त्यस्तै, एनएमबी बैंकको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ३ सय ५१ रुपैयाँ ८२ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।  यसका लागि बैंकको औषस आधार शेयर मूल्य ३ सय ७१ रुपैयाँ ९१ पैसा कायम भएको छ ।  आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ।

5c21db0fe2ed1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको