Like us!
Follow us!
Connect us!
Watch us!

क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा चार लाखको क्षति, ३ लाख सहयोग

बुधबार, ११ पुस २०७५, ०८ : ४२ मा प्रकाशित

क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा  चार लाखको क्षति, ३ लाख सहयोग

अर्थ संसार, गलेश्वर– अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले जानकारी दिनुभयो । घारखोला हाइड्रोपावरमा सुरक्षार्थ श्रीबक्स गुल्मका सैनिक, प्रहरी र गाउँलेको सहयोगमा आगो निभाइएको थियो ।

तीन लाख सहयोग

ओमकुमारी शान्ति कोषलाई नेदरल्याण्डमा रहेका म्याग्दीवासीले रु तीन लाख सहयोग गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसक्नेलाई सहयोग गर्न नेदरल्याण्डमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था ९मोना०का सदस्यले आजीवन सदस्यता लिए वापतको सो रकम बेनीमा कोषलाई हस्तान्तरण गरिएको हो ।

मोना आइसीसीका अध्यक्ष चक्रबहादुर थापा, मोना नेदरल्याण्डका अध्यक्ष जङ्गबहादुर पुन र उपाध्यक्ष सोम भण्डारीले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रु एक करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट गरीब र विपन्नको उपचारमा सहयोग गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको