अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनआई सी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत एनआईसी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमा लेखहरु एनआईसी एशिया बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्धहुनेछ ।
साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्तापुँजी २ अर्व पुर्याउन ६० करोड मुल्यको साधारण शेयर (आइपिओ) क्रीको लागि ल्याउँदै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस