Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बोनस शेयरपछि महुली, पूर्णिमा, मेगा र हिमालयनको शेयर मूल्य समायोजन

सोमबार, १६ पुस २०७५, १० : ५३ मा प्रकाशित

नेप्सेमा  बोनस शेयरपछि महुली, पूर्णिमा, मेगा र हिमालयनको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा (आज) सोमबार ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टकका अनुसार  महुली सामुदायिक लद्युवित्त वित्तीय संस्था, पूर्णिमा विकास बैंक लिमिटेड, मेगा बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।

महुली सामुदायिक लद्युवित्त वित्तीय संस्था

यस संस्थाले २०७४\७५ मा गरेको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता १ हजार २ सय ८३ रुपैयाँ ३३ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । संस्थाको औषत आधार शेयर मूल्य १ हजार २ सय १५रुपैयाँ ४२ पैसा कायम  भएको छ ।

पूर्णिमा विकास बैंक लिमिटेड

यस बैंकको ५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ सय ५९ रुपैयाँ ०५ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ ।  बैंकको ओषत आधार शेयर मूल्य  २ सय २६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

मेगा बैंक

यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १.००२३३ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । उक्त बोनस शेयरलाई आधारमानी नेप्सेले आज प्रतिकित्ता १ सय ८० रुपैयाँ १९ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको लागि औषत आधार शेयर मूल्य २ सय १७ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

हिमालयन बैंक

यस बैंकको ५ प्रतिशत बोनस शेयरपछि नेप्सले शेयर मूल्य समायोजन गरेको छ । प्रतिकित्ता ४ सय ८९ रुपैयाँ ५२ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको हो । जसको लागि औषत आधार शेयर मूल्य ६ सय ७४ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको