Like us!
Follow us!
Connect us!
Watch us!

शपथपछि रेशम चौधरी कारागार चलान

विहीबार, १९ पुस २०७५, १६ : ५९ मा प्रकाशित

शपथपछि रेशम चौधरी कारागार चलान

अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ ।

शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गर्नुभएको थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताउनुभयो ।

शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, पूर्वसंयोजक महन्थ ठाकुर, सदस्य शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्रराय यादवलगायत नेता पनि सहभागी हुनुहुन्थ्यो ।

सदरखोर डिल्लीबजारबाट कडा सुरक्षाबीच शपथस्थल पुर्याइएका चौधरीलाई शपथपछि पुनःडिल्लीबजार कारागार लगिएको छ । टीकापुर घटनापछि फरार चौधरीले प्रतिनिधिसभाका सदस्यको शपथ हुनु एक हप्ता अगाडि प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको