Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको नयाँ शाखा बर्दिवासमा

विहीबार, १९ पुस २०७५, १७ : २४ मा प्रकाशित

गुडविल फाइनान्सको नयाँ शाखा बर्दिवासमा

अर्थ संसार, काठमाडौं–  गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आफ्नो १४ औंँ शाखा  महोत्तरी जिल्लाको बर्दिवासमा स्थापना गरी संचालन ल्याएको छ ।

 बुधबार एक सम्उद्घाटन कार्यक्रमविच बर्दिवास नगरपालिकाका मेयर विदुर कार्की र संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गर्नु भएको थियो ।

यस शाखाको उद्घाटनसँगै प्रदेश नं. २ मा पनि आफ्नो सेवा विस्तार गर्न पुगेको छ । हालसम्म पूर्वमा पाँचथरको फिदिमदेखि बाँकेको नेपालगञ्जसम्ममा सेवा प्रदान गरिरहेको यस फाइनान्सले यसै आर्थिक वर्षभित्र प्रदेश नंं ७ को  राजधानी धनगढीमा पनि शाखा स्थापना गर्ने फाइनान्सले जनाएको छ ।

5c2df6a4247da.jpg 5c2df6a43c929.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको