Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्स किन्नु अघि हेरौं कम्पनी विश्लेषण

शुक्रबार, २० पुस २०७५, १० : ५७ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्स किन्नु अघि हेरौं  कम्पनी विश्लेषण

कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ६ करोड ३२ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ५ करोड २२ लाख नाफा कमाएको थियो । पहिलो त्रैमासमा कम्पनीको आम्दानी ४१ प्रतिशत बढेकाले नाफामा वृद्धि भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड छ ।

सूर्या लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (शुक्रवार, २० पुस २०७५)बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीले पूँजीवृद्धिका लागि ७० प्रतिशत हकप्रद शेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मङ्सिर १२ गते स्वीकृति पाएको छ । स्वीकृति पाएसँगै कम्पनीले ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

विक्रीप्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड पुग्नेछ । कम्पनीलाई अझै रू. ७ करोड ५७ लाख रकम अपुग हुन्छ । पहिलो त्रैमासमा कम्पनीले रिजर्भ कोषमा रू. ३९ करोड ९ लाख छुट्याएको छ भने जीवन बीमा कोषमा रू. ३ अर्ब ८९ करोड जम्मा गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रू. २ अर्ब ८९ करोड छ । यो गत आवको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो । खुद चालू सम्पत्ति रू. २ अर्ब १६ करोड छ । कम्पनीले बीमालेखको धितोमा राखेर रू. २७ करोड २८ लाख कर्जा प्रवाह गरेको छ ।

  • यस वर्षसम्म कम्पनीले रू. ४२ करोड ९३ लाख बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत बढी हो । कुल कायम बीमालेखको संख्या ३ लाख ६३ हजार ४ सय ४९ छ । कम्पनीले ३ सय ८० जनालाई रू. ५ करोड २३ लाख दाबी भुक्तानी गरेको छ भने २ सय ३१ जनालाई रू. १ करोड २१ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।

  • पहिलो त्रैमासिक विवरणअनुसार कम्पनीले रू. १० करोड २ लाख आम्दानी गर्दा रू. ३ करोड ६९ लाख खर्च भएको छ । कम्पनीले जनचाहना अनुरूप नयाँ बीमा योजना प्रस्तुत गरी दक्ष बीमा अभिकर्ताको संख्या बढाउँदै सेवाग्राहीका लागि घरदैलो बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी (वार्षिक) रू. २२ दशमलव ३६, मूल्य आम्दानी अनुपात रू. २३ दशमलव ७० र प्रतिशेयर नेटवर्थ रू. १ सय ३९ दशमलव ८१ छ । बुधवारको शेयरमूल्य रू. ५ सय ५६ कायम भएको छ ।

  • डिभिडेण्ड यिल्ड रेशियो : २.१५ प्रतिशत

  • अर्निङ पावर रेशियो : ०.०११ गुणा

  • अर्निङ यिल्ड रेशियो : ४.०२ प्रतिशत

प्राविधिक विश्लेषण
विक्री चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ४ हजार ३ सय ७३ कित्ता शेयर विक्री गर्ने माग र २ हजार ९ सय ६८ कित्ता शेयर खरीद गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ५९ दिनको कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिनमा कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ ।

आरएसआई न्युट्रल जोन ५९ दशमलव १९ विन्दुमा छ । यसले खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्याण्डर्ड डेभिएशन १२ दशमलव ८६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ५६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ९९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ५ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको