Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे, आरएमडीसी र नेरुडेको साधारणसभा आज : शेयरधनीलाई लाभांश कति ?

शुक्रबार, २० पुस २०७५, ११ : २५ मा प्रकाशित

माछापुच्छ्रे, आरएमडीसी र नेरुडेको साधारणसभा आज : शेयरधनीलाई लाभांश कति  ?

अर्थ संसार,  काठमाडौं– माछापुच्छ्रे बैंक, आरएमडीसी लघुवित्त र नेरूडे लघुवित्त वित्तीय संस्थाको  शुक्रबार  अर्थात आज वार्षिक साधारण सभा  अहिले जारी छ ।

माछापुच्छ्रे बैंकले २० औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा  भैरहेको छ ।  बैंकले सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने र संचालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ ।

साधारण सभा प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता पुस्तिका पुस ६ गतेदेखि बन्द रहेको छ । यसको आधारमा पुस ५ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा अहिले युनाईटेड वर्ल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वरमा  जारी छ ।  कम्पनीले सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै, संचालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि लैजाँदैछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस ४ गतेदेखि बन्द रहेको छ । यसको आधारमा पुस ३ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

नेरूडे लघुवित्त वित्तीय संस्थाले १२ औं वार्षिक साधारण सभा यतिखेर उद्योग संगठन मोरङ, विराटनगरमा जारी छ । कम्पनीले सभामा १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस ५ गतेदेखि बन्द रहेको छ । यसको आधारमा पुस ४ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको