Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

शुक्रबार, २० पुस २०७५, १६ : १० मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

अर्थ संसार, काठमाडौं– नेपालको नीजि ठूला बैंक एनआईसी एशिया बैंक लिमिटेडले शुक्रबार नयाँ शाखा झापाको फाल्गुनन्द चोकशमा स्थापाना गरी कारोबार शुरु गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्दचोक वडा नं १, झापा स्थित फाल्गुनन्द चोक शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट शुक्रबार भव्य समारोहकाबिच समुद्घाटन सु–सम्पन्न भएको  हो ।

उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमामहत्वपुर्ण योगदान पुर्याई रहेको जानकारी जनाउनु भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्मयस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको