अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आजको बैठकमा सार्वजनिक महत्वका विषयमा बोल्दा विमान खरीदको विषय, सिक्टा सिँचाइ आयोजना सञ्चालनमा भएको ढिलासुस्ती र बुढीगण्डकी परियोजनाका बारेमा सदनमा नबोलेको भन्दै थापाले विरोध गरेका हुन ।
सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्रीले आफ्ना धारणा राखेपछि प्रतिपक्ष दलका सांसदले प्रश्न गर्न पाउनुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै थापाले विरोध गरेका थिए । नेता थापाले सार्वभौमसत्ता सम्पन्न जनताले सांसद, अख्तियार, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, न्यायालयका बारेमा प्रश्न गर्न पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाउन भ्याए ।
सभामुख कृष्णबहादुर महराले प्रतिपक्षबाट सदन अवरोध गरेपछि आजै १५ मिनेटका लागि सदन स्थगन गरेका थिए । सांसद बालकृष्ण खाँणले सभामुख महरासँग प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल गर्न पाउनुपर्ने धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले आगामी बैठकमा प्रधानमन्त्रीबाट व्यक्त सार्वजनिक महत्वका विषयमा सवाल जवाफ हुने सहमति भएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक पुस २५ गते बुधबार दिनको १ बजे बस्ने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस