Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश दिने, पूँजी बढेर ८ अर्ब माथि

मंगलबार, २४ पुस २०७५, १३ : ३२ मा प्रकाशित

सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश दिने, पूँजी बढेर ८ अर्ब माथि

अर्थ संसार, काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडको सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।  बैंकको १७औँ वार्षिक साधारणसभाले कम्पनी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

सभाले बैंकको चुक्ता पुँजीको ८.१६ प्रतिशतले नगद लाभांश(कर समेत) र ५ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ । साथै, गत मंसिर मसान्तसम्ममा बैंकले १०६ अर्ब निक्षेप संकलन गरेको छ भने ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको