Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी आइपिओको अन्तिम नतिजा : ४१ करोड २२ लाखको आवेदन, कति जनाले भरे ?

मंगलबार, २४ पुस २०७५, १८ : २४ मा प्रकाशित

घलेम्दी आइपिओको अन्तिम नतिजा :  ४१ करोड २२ लाखको आवेदन, कति जनाले भरे ?

अर्थ संसार, काठमाडौं– घलेम्दी हाइड्रो लिमिटेडले निश्कासन गरको साधारण शेयर (आइपीओ ) मा ४१ करोड २२ लाख ४६०  हजार रुपैयाँको आवेदन परेको छ ।

बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेस हेड पवन रेग्मीका अनुसार  जम्मा ४१  लाख २२ हजार ४६०  कित्ताको लागि ५५ हजार ८ सय ४३ जनाले आवेदन दिएका छन् ।  यो तथ्याङकलाई हेर्दा  घलेम्दीको आइपिओ झण्डै तीन गुण जति आवेदन परेको देखिन्छ ।

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । कम्पनी पुष १९ गतेदेखि पुष २३ गतेसम्म आइपिओमा आइपिओ विक्री खुल्ला गरेको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले निश्कासन गरेको आइपिओमा आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको