Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको आह्वानमा आज बिहान ८ बजे सर्वदलीय बैठक बस्दै

अर्थ संसार

बुधबार, १३ साउन २०८३, ०७ : १३ मा प्रकाशित

रवि लामिछानेको आह्वानमा आज बिहान ८ बजे सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनासहित पछिल्ला समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेका छन्।

बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको रास्वपाले जनाएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकका लागि निमन्त्रणा गरिएको छ। संसद्बाहिर रहेका उपेन्द्र यादव, महन्थ ठाकुर तथा सीके राउत नेतृत्वका राजनीतिक दललाई समेत छलफलमा सहभागी हुन आमन्त्रण गरिएको उनले जानकारी दिए।

महामन्त्री आचार्यका अनुसार बैठकको निमन्त्रणा औपचारिक पत्रमार्फत पठाइनुका साथै सभापति लामिछानेले प्रमुख राजनीतिक दलका नेताहरूसँग व्यक्तिगत रूपमा टेलिफोन सम्पर्क गरी उपस्थितिका लागि आग्रह गरेका छन्।

रास्वपाले सुनसरी घटनापछि विकसित परिस्थितिलगायत राष्ट्रिय महत्वका विषयमा दलहरूबीच साझा छलफल, संवाद र आवश्यक सहकार्यका लागि बैठक आयोजना गरिएको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको