सूर्या लाइफ इन्स्योरेन्सको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण
बुधबार, २५ पुस २०७५, ०८ : ३९
मा प्रकाशित
कम्पनीले पूँजीवृद्धिका लागि १० बराबर ७ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट मङ्सिर १२ गते स्वीकृति पाएसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको हो । कम्पनीले रू. सय अंकित दरको ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्रीप्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड छ ।
यो हकप्रद शेयर निष्कासन बाँडफाँट गरेपछि पूँजी रू. १ अर्ब ९२ करोड पुग्नेछ । बीमा समितिले जीवनबीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुर्याउन निर्देशन दिएको थियो । सोहीअनुसार हकप्रद शेयर जारी गर्न लागेको हो । मंगलवार कम्पनीको शेयरमूल्य रू. ५ सय ७२ मा खुला भएर अघिल्लो दिनको तुलनामा ६ अंक घट्दै रू. ५ सय ६६ मा बन्द भएको छ । कम्पनीको १ वर्षको अवधिमा उच्च मूल्य रू. ९ सय ६४ र न्यून मूल्य रू. ४ सय ३३ रहेको छ ।
प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ६ हजार ३ सय ८५ कित्ता शेयर खरीद र ३ हजार १ सय ४५ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा क्लोजिङ सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव ०२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ८ दशमलव ५१ विन्दुमा छ । उतारचढाव न्यून छ ।
यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ५ सय ६६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ५ सय ९९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ५१ मा टेवा पाउने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस