अर्थ संसार,काठमाडौं- विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवाप्रदान गरेर आमजनमानसको मन जित्न सफल एनआईसी एशिया बैंक लिमिटेडले पुनःअर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएको छ ।
यस बैंकले पछिल्लो पटक ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’पाउन सफल भएको हो । यस्तो {United Registrar of System-URS_/UKAS-UK ले प्रदानगर्ने गर्दछ ।
पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवादिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको छ ।
यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४६ अर्ब पुगिसकेको छ ।
हालसम्म ग्राहक संख्याकरिब १४ लाख पुर्याउन सफल भइसकेको यस बैंकले सरकारको नीति अनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै चलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस