Like us!
Follow us!
Connect us!
Watch us!

‘विकासका लागि पक्ष र प्रतिपक्ष मिल्नुपर्ने’

शनिबार, २८ पुस २०७५, १८ : २४ मा प्रकाशित

‘विकासका लागि पक्ष र प्रतिपक्ष मिल्नुपर्ने’

अर्थ संसार, चितवन–उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकासका लागि पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ खैरहनीले आजदेखि शुरु गरेको छैठौं खिचरा महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले देश विकासमा प्रतिपक्ष बनेर कुनै फाइदा नहुने बताउनुभयो । सबै मिलेर देशलाई समृद्धितर्फ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । जनतामाझ गरिएका प्रतिबद्धता सरकारले पूरा गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “निर्वाचनको घोषणापत्रमा गरिएका प्रतिबद्धता यो कार्यकालमा पुरा हुन्छन् ।”

कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था तथा कृषिमन्त्री दावा दोर्जे लामाले संस्कार जोगाउँदै संस्कृति संरक्षणको अभियानमा लाग्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, थारु अगुवा जोखा चौधरी, थारु कल्याणकारिणीसभाका जिल्ला अध्यक्ष ललितकुमार चौधरी, कृष्णलाल चौधरी, चन्द्रकुमारी चौधरीलगायतले महोत्सवमा शुभकामना दिनुभएको थियो ।

आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा थारु जातिका कला संस्कृति झल्कनेसहित विभिन्न १२० कक्ष रहेका छन् । महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रम हुने महोत्सवका संयोजक चूडामणि चौधरीले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको