Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकको कागजात सरकारी कार्यायलमै छैन सुरक्षित

बुधबार, ०२ माघ २०७५, १२ : ३४ मा प्रकाशित

नागरिकको कागजात सरकारी कार्यायलमै छैन सुरक्षित

अर्थ संसार, काठमाडौं – कम्पनीसम्बन्धी महत्वपूर्ण फाइलहरु हराउन थालेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले फाइल जाँच र जफत गर्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयका प्रमाणित फाइलहरु हराउन थालेपछि रजिष्ट्रार कार्यालयमा भित्र छिर्ने र बाहिर जाने सबैको खानतलासी गर्न थालिएको हो ।

 त्यसरी जफत गरिएका फाइलहरु सीधै रजिष्टारको मा पुर्याइने  गरिएको छ । ‘आफ्नो कम्पनीका आवश्यक कागजातको प्रतिलिपी लैजान त सबैले पाउँछन् तर असम्बन्धित मानिसले फाइल नै बोकेर जान थालेपछि त्यसले विकृति निम्त्याउने भएकोले त्यसरी चेकजाँच गरिएको कार्यालयले जनाएको छ ।

विगत १० दिनदेखि नियमित चेक हुन थालेको हो । चेकजाँचका लागि कार्यालयकै कर्मचारी र नेपाल प्रहरीलाई समेत खटाइएको छ । बारकोड टाँसिएका फाइलहरुजति जफत गर्नु भन्ने आदेश दिइएको छ । दैनिक १५–२० ओटा फाइलहरु जफत गरेर रजिष्ट्रार कहाँ पठाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको