अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (प्रा) लिमिटेड बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (प्रा) लि का तर्फवाट प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (प्रा) लि का सेवाहरmमा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
ताजा समाचार
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस