अर्थ संसार, काठमाडौं– नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । खेलमा नेपालले यूएईलाई २–१ ले सिरिज कब्जा गरेको हो ।
कप्तान पारस खड्काले शतकसँगै नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ ।
युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४।४ ओभरमा ६ विकेट गुमाएर २५५ रन बनाएको थियो ।
यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस