Like us!
Follow us!
Connect us!
Watch us!

अझैसम्म पनि चुनावको वातावरण बनेन - अध्यक्ष ओली

अर्थ संसार

विहीबार, १५ माघ २०८२, १७ : १८ मा प्रकाशित

अझैसम्म पनि चुनावको वातावरण बनेन - अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण बन्न नसकेको बताएका छन् । उनले सरकारले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझावका लागि छलफल गर्ने क्रममा ओलीले त्यस्तो बताएका हुन् । प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार ओलीले भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुरÞ्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्चमनोबलका साथ नेतृत्व प्रदान गर्ने भनेका छन् ।

उनले पार्टीले हाल भइरहेका राज्यका संयन्त्रहरूका गतिविधि र काम कारबाहीका विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले आजका दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको आरोप लगाए । ‘राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताउनुभयो’, शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिए ।
 

697b45deda0ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको