Like us!
Follow us!
Connect us!
Watch us!

चुनावपछि पनि जेलेन्स्की जन्माउन खोजिँदै छ - शंकर पोखरेल

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १३ : १३ मा प्रकाशित

चुनावपछि पनि जेलेन्स्की जन्माउन खोजिँदै छ  - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि नेपालमा विदेशी प्रभावमा आधारित सरकार बनाइएको बताएका छन्। प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा उनले चुनावपछि जेलेन्सकी नेतृत्वमा सरकार गठन गर्न प्रयास भइरहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ। अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको