नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव लड्ने ठाउँ नपाएर सर्लाहीमा नआएको बताएका छन्। सर्लाही–४, विष्णु गाउँपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले काठमाडौं ४ मा आफू सर्लाही नगरेसम्म एमालेको उम्मेदवार नै नभएको बताए ।
उनले भने, ‘म सर्लाही नआएसम्म एमालेको उम्मेदवार थिएन। रास्वपाले आफ्नो उम्मेदवार नपाएर बाहिरको मान्छे ल्याएर बनाएको छ। यस पटक कांग्रेस मात्र होइन, पुरानो नयाँ सबै पार्टीहरू विशेष सभापति भइसकेपछि विद्रोह गरेर आएको भन्दै काठमाडौंबाटै उम्मेदवार बन्नुपर्छ भन्ने थियो।’
उनले काठमाडौं ४ का मतदाताप्रति ऋणी रहेको भन्दै सधैं सेवा गरि रहने बताए।
थापाले थपे, ‘म सोचेर मधेश झरेको हुँ। मेरो बाआमा पहाडबाट काठमाडौं आउनुभएको हो। मलाई पहाडको दुख थाहा छ, काठमाडौंको राम्रो नराम्रो दुबै कुरा थाहा छ। त्यसैले अहिले सिङ्गो नेपालको हितका लागि मधेश झरेको हुँ।’
उनले विगतदेखि मधेशको मुद्दामा बोलेर लड्दै आएको कुरा पनि जिकिर गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस