Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकको खराब कर्जा ०.५९% ले घट्यो, १२ बैंकको बढ्दा ८ को घट्यो—हिमालयनको सबैभन्दा उच्च

अर्थ संसार

विहीबार, १५ माघ २०८२, १६ : २० मा प्रकाशित

वाणिज्य बैंकको खराब कर्जा ०.५९% ले घट्यो, १२ बैंकको बढ्दा ८ को घट्यो—हिमालयनको सबैभन्दा उच्च

वाणिज्य बैंकहरुको खराब कर्जा सामान्य घटेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार औषतमा खराब खर्जा ०.५९ प्रतिशतले घटेको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा वाणिज्य बैंकहरुको औषत खराब बर्जा ४.४९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुको यस्तो खराब खर्जा ५.०८ प्रतिशत रहेको थियो । २० वटा वाणिज्य बैंकहरुमध्ये १२ वटाको खराब बर्जा बढेको छ भने ८ वटा बैंकको खराब कर्जा घटेको विवरणले देखाएको छ । विभिन्न खालका बाधाहरका बीचमा पनि बैंकहरुले खराब कर्जा घटाउन सफल भएका छन् । पछिल्लो समय बैंकका कर्जचारीहरु माथि दुव्र्यवहार र आक्रमण समेत हुने गरेको छ । 

यी हुन खराब कर्जा घटाउन सफल बैंक 

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, नविल बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंकको खराब कर्जा घटेको छ । बाँकी बैंकको खराब कर्जा बढेको छ । यो अवधिमा नेपाल एसबिआई बैंकको खराब कर्जा ०.९१ प्रतिशतले घटेर २.६४ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा यो बैंकको खराब कर्जा ३.५५ प्रतिशत रहेको थियो । 

त्यस्तै यो अवधिमा सिद्धार्थ बैंकको खराब कर्जा १.०५ प्रतिशतले घटेर ३.४५ प्रतिशतमा झरेको छ । यो बैंकको खराब कर्जा गत आवको पुस मसान्तसम्ममा ४.५० प्रतिशत रहेको थियो । त्यस्तै यो अवधिमा नविल बैंकको खराब कर्जा ०.६८ प्रतिशतले घटेर ४.२५ प्रतिशतमा पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो खराब कर्जा ४.९३ प्रतिशत रहेको थियो । यो अवधिमा माछापुच्छ्रे बैंकको खराब कर्जा ०.२९ प्रतिशतले घटेर ४.२५ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.५४ प्रतिशत रहेको थियो । 

त्यस्तै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खराब कर्जा घटाउन सफल अर्को बैंकको राष्ट्रिय वाणिज्य बैंक । यो बैंकको खराब कर्जा ०.६० प्रतिशतले घटेर ४.३६ प्रतिशतमा झरेको छ । गत आवको पुस महिनासम्ममा यो बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको थियो । त्यस्तै कृषि विकास बैंकको खराब कर्जा पनि ०.२५ प्रतिशतले घटेर ४.६५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.९० प्रतिशत रहेको थियो । त्यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा ०.१७ प्रतिशतले घटेर ५.५० प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा यो बैंकको खराब कर्जा ५.६७ प्रतिशत रहेको थियो । कुमारी बैंकले पनि ०.०४ प्रतिशतले खराब कर्जा घटाएर ६.९२ प्रतिशतमा झारेको छ । यो बैंकको गत आवमा ६.९६ प्रतिशत खराब कर्जा थियो । 

सबै भन्दा कम एभरेष्ट, बढी हिमालयन 

६ महिनाको तथ्यांकललाई हेर्ने हो भने एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ भने सबै भन्दा धेरै खराब कर्जा हिमालय बैंकको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.६८ प्रतिशत रहेको छ भने हिमालय बैंकको खराब कर्जा ७.९६ प्रतिशत रहेको छ । सबै भन्दा कम खराब कर्जा भएको बैंक एभरेष्टको खराब कर्जा गत आवको पुस मसान्तको तुलनामा ०.०२ प्रतिशतले बढेको छ । 

१२ बैंकको खराब कर्जा बढ्यो 

वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खराब कर्जा बढ्ने बैंकहरुमा एभरेष्ट, स्टान्र्डड चार्टड, सानीमा, एनएमबि बैंक, ग्लोबल आईएमई, नेपाल बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, एनआईसि एशिया बैंक, नेपाल इनभेष्टमेन्ट मेगा, प्रभु र हिमालयन बैंक । यो अवधिमा  कम खराब कर्जा हुने बैंकको दोस्रो नम्बरमा रहेको स्टान्र्डड चार्टड बैंकको खराब कर्जा ०.१७ प्रतिशतले बढेर १.८८ प्रतिशत पुगेको छ । गत आवमा यो बैंकको यस्तो खराब कर्जा १.७१ प्रतिशत रहेको थियो । यो खराब कर्जा सबै भन्दा कम हुने बैंकको दोस्रो स्थानमा रहेको छ ।  

त्यस्तै सानीमा बैंकको खराब कर्जा ०.४१ प्रतिशतले बढेर ३.६३ प्रतिशत पुगेको छ । यो बैंकको खराब कर्जा गत आवको पुस मसान्तसम्ममा ३.२२ प्रतिशत रहेको थियो । त्यस्तै एनएमबि बैंकको ०.६० प्रतिशतले बढेर ४.५६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ३.९६ प्रतिशत रहेको थियो । त्यस्तै ग्लोबल आईएमई बैंकको खराब कर्जा ०.०५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको यस्तो खराब कर्जा ४.८६ प्रतिशत रहेको थियो । 

त्यस्तै यो अवधिमा नेपाल बैंकको खराब कर्जा ०.३५ प्रतिशतले बढेर ५.३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.९९ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकको खराब कर्जा १.४२ प्रतिशतले बढेर ६.३८ प्रतिशत पुगेको छ । गत आवको ६ महिनामा यो बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको थियो । यो अवधिमा सिटिजन्स बैंकको खराब कर्जा २.०१ प्रतिशतले बढेर ६.८६ प्रतिशत पुगेको छ । यस्तो खराब कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४.८५ प्रतिशत रहेको थियो । 

यो अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा २.८६ प्रतिशतले बढेर ७.४७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो बैंकको खराब कर्जा  ४.६१ प्रतिशत रहेको थियो । त्यस्तै प्रभु बैंकको खराब कर्जा २.८८ प्रतिशतले बढेर ७.९६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको थियो । 

९ बैंकको खराब कर्जा पाँच प्रतिशत बढी 

वित्तीय विवरण अनुसार ९ बैंकको खराब कर्जा भने ५ प्रतिशतभन्दा बढी रहेको छ । नेपाल बैंकको ५.३४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.५० प्रतिशत, प्राइम बैंकको ६.३८ प्रतिशत, सिटिजन बैंकको ६.८६ प्रतिशत, कुमारी बैंकको ६.९२ प्रतिशत, एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.९० प्रतिशत, प्रभु बैंकको ७.९४ प्रतिशत र हिमालयन बैंकको ७.९६ प्रतिशत रहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको