Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नाफामा छलाङ्ग !

मंगलबार, १५ माघ २०७५, १६ : ०६ मा प्रकाशित

गरिमा विकास बैंकको नाफामा छलाङ्ग !

अर्थ संसार, काठमाडौं–  गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा नाफामा छलाङ्ग मार्न सफल भएको छ ।

बैंकले यस वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ९५ लाख खुद नाफा कमाउन सफल भएको छ । जुन, गत सोही अवधिमा १८ करोड मात्र नाफा कमाएको थियो ।बैंकले अघिल्लो वर्ष २८ करोडमा सीमित संचालन मुनाफामा करिब ५७ प्रतिशतले प्रगति गरी ४३ करोड ९२ लाख पुर्याएको छ ।

व्यवसाय बिस्तारमा व्यवस्थापन आक्रामक बनेका कारण खूद ब्याज आम्दानीमा ४८.४० प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोड ७९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ६४ करोड ९८ लाख पुगेको छ ।

समीक्षा अवधिमा बैंकले २६ अर्ब ९७ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड बढी कर्जा परिचालन गरेको छ । निक्षेपतर्फ करिब ५५ प्रतिशतको प्रगति गरेको यो बैंकले कर्जातर्फ ४९.३१ प्रतिशतले वृद्धि गरेको छ । निक्षेप र कर्जातर्फको वृद्धि निकै सन्तुलित देखिएको छ ।

बैंकले अघिल्लो वर्ष ४६ करोड ९९ लाखमा सीमित रिजर्ब बढाएर ६५ करोड २६ लाखको उचाई चुमाएको छ। यसरी रिजर्बतर्फ बैंकले करिब ३९ प्रतिशतको बढोत्तरी गरेको देखिएको छ ।

यो बैंकले वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १४.२५ रुपैयाँ रहेको इपीएस बढेर २० रुपैयाँ ५ पैसाको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा गरिमा विकास बैंकको प्रतिसेयर नेटवर्थ १२३.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.२३ गुणा कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको