Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : इजिप्ट विरद्ध पुनरागमन जित सहित अर्जेन्टिना क्वाटर फाइनलमा प्रवेश

अर्थ संसार

बुधबार, २४ असार २०८३, ०६ : २९ मा प्रकाशित

विश्वकप फुटबल : इजिप्ट विरद्ध पुनरागमन जित सहित अर्जेन्टिना क्वाटर फाइनलमा प्रवेश

एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको हो ।

नाटकिय खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।

त्यसअघि खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । ६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए । तर, अन्तिम समयमा सम्हालिन नसक्दा इजिप्ट पराजित हुन पुग्यो ।
अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ । अर्जेन्टिनासँग पराजित भएको इजिप्ट विश्वकपबाट बाहिरियो ।

इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरणमा पुगेको थियो । नकआउटमा पनि पहिलो जित समेत हात पारिसकेको छ । यो खेलमा पनि गोल गरेसँगै मेसी विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने खेलाडी बनेका छन् । उनी विश्वकपका सर्वाधिक (३१) खेल खेल्ने, सर्वाधिक (२१) गोल गर्ने र सर्वाधिक ६ पटक विश्वकप खेल्ने कीर्तिमान मेसीको नाममा छ । मेसी विश्वकपको इतिहासमा लगातार ६ वटा नकआउट चरणका खेलहरूमा गोल गर्ने पहिलो खेलाडी बने। यस्तै मेसीले विश्वकपमा सर्वाधिक असिस्ट (९) गर्ने कीर्तिमान बनाएका छन् ।
जारी विश्वकपमा ८ गोल गर्दै मेसी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् ।

मेसी एकै विश्वकपमा दुई पेनाल्टी मिस गर्ने खेलाडी पनि बनेका छन् । समूह चरणको खेलमा अष्ट्रियाविरुद्ध पेनाल्टी मिस गरेको मेसीले राउन्ड अफ १६ को इजिप्टविरुद्ध पनि पेनाल्टीमा गोल गर्न सकेनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको