अर्थ संसार, काठमाडौं– नेपालको बहुप्रतिक्षित पानी जहाज सञ्चालनको लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहिबार ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै भारतले नेपाल आउने पानी जहाज चल्ने मार्गको विस्तृत परियोजना प्रतिवेदन समेत तयार पारीसकेको छ ।
भारतको पानी जहाज मन्त्रालयले नेपालको नारायणी नदीमा चलाउने गरी कार्ययोजना बनाएको छ । भारतले सिमा भन्दा ४० किलोमिटर तल बाघासम्मको डीपीआर तयार पारेको जानकारी नेपाललाई दिएको छ ।
नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य पत्ता लागेको जानकारी दिए ।
कूल ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस