Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

बुधबार, ०८ फागुन २०७५, १७ : ०२ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

अर्थ संसार, काठमाडौं- नीजि क्षेत्रको सवै  भन्दा ठूलो बैंक एनआईसी एशिया  बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोक स्थित पावर हाउस चोकमा नयाँ शाखा खोली कारोबार शुरु गरेको छ ।

उक्त शाखाको नयाँ शाखा  कास्की शाखाको एनआई सी एशिया बैंकाका प्रमुख कर्जा अधिकृत  प्रकाश बरालबाट  बुधबार भव्य समारोहकाबिच समुद्घाटन सु–सम्पन्न भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५०हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भा वितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको