अर्थ संसार, काठमाडौँ– आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद विरोध खतिवडाले गाँजालाई मान्यता दिनु पर्ने विषय उठाएका छन । आजको बैठकमा सांसद खतिवडाले अमेरिकाको १२ वटा राज्य , क्यानडा र थाइल्यान्ड जस्ता देशले समेत गाँजालाई मान्यता दिएको भन्दै गाँजालाई नेपालमा दिन पर्ने कुरा उठाए ।
विकसित मुलुकहरुले पनि वैधानिक ढंगले गाँजा बेचबिखन गरिरहेका छन्, सांसद खतिवडाले भन्नुभयो । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्न सकिन्छ नि ? उहाँले प्रश्न गर्नुभयो ।जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्छ सांसद खतिवडाले भन्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस