अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि उनलाई गत शुक्रबार साँझ पक्राउ गरिएको हो।
विद्यालयको कार्यकारी प्रमुखको रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न सेटिङ मिलाएर व्यक्तिगत लाभ लिँदै विद्यालयलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आशंका गरिएको छ। सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार उनले सेटिङकै भरमा भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वको कम्पनीको नाममा बिक्री गराएको समेत भेटिएको छ। हाल सीआईबीले शेर्पाविरुद्ध ठगी र आपराधिक विश्वासघात को कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस