Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले गर्यो दोरम्बामा ३ दिने निःशुल्क स्वास्थ्य र आँखा शिविर

आइतबार, १२ फागुन २०७५, १७ : ३७ मा प्रकाशित

जनता बैंकले गर्यो दोरम्बामा ३ दिने  निःशुल्क स्वास्थ्य र आँखा शिविर

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखाशिविर र स्तनक्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्रीतथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा यही फागुन ८, ९ र १० गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्यशिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवाप्रदान गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५७ जनाको शिविर स्थलमै मोति बिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्री रोग सम्बन्धी उपचारको लागिल क्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागिधुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।

5c72883c3483e.jpg 5c72883cd9ac2.jpg 5c72884eacfb5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको