Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम

सोमबार, १३ फागुन २०७५, १७ : ०१ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले गर्यो क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षकहरु उपस्थित रहेका थिए ।

उक्त जनचेतनामूलक कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पार्नुभएको थियो ।

यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिएको थियो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

5c73d08d1b759.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको