Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलन गर्छु भन्ने ब्रोकरलाई सेबोनको यस्तो आग्रह, अब के गर्लान् ब्रोकर ?

बुधबार, १५ फागुन २०७५, ११ : २४ मा प्रकाशित

आन्दोलन गर्छु भन्ने ब्रोकरलाई सेबोनको यस्तो आग्रह, अब के गर्लान् ब्रोकर ?

अर्थ संसार, काठमाडौँ – धितोपत्र बजारको सुधारको विषयमा सघन छलफल र सुधारात्मक प्रयास भइरहेको बेला व्यवसायीले आन्दोलन गर्ने भन्दै विभिन्न कार्यक्रम अगाडि सारेको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानकर्षण  भएको जनाएको छ ।

सरकारले गठन गरेको मुद्रा तथा पूँजी बजारसम्बन्धी कार्यदलको सुझावअनुसार धितोपत्र बजारको समस्याको समाधानको पहल भइरहेको र सुधारका क्रममा रहेको बोर्डले पहल गरिरहेको स्पष्ट पारेको छ ।

पूँजीबजारको सुधार र विकासको पहल भइरहेको र बोर्डलाई थप स्वायत्तता प्रदान गर्ने गरी सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को संशोधनको प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल व्यवसायीको पहलमा अन्य सुधारात्मक कामसमेत अगाडि बढिरहेको पहल गरिरहेको र काठमाडौँबाहिर ४१ स्थानमा दलाल व्यवसायीको शाखा खोल्न स्वीकृति दिइएको तथा अन्य ठाउँमा शाखा खोल्न पूर्वस्वीकृति दिइएको स्पष्ट पार्दै बोर्डले प्रतिस्पर्धात्मक र गुणात्मक रूपमा बजार अगाडि बढाउन प्रयास गरिरहेको र आवश्यक सुझावको समेत अपेक्षा गरिएको स्पष्ट पारेको छ ।

व्यवसायीले गर्ने भनिएको विरोधका कार्यक्रमले लगानीकर्तालाई असुविधा भई बजारमा अझै प्रतिकूल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने भएकाले संयमता अपनाउन आग्रह गरिएको प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो ।

5c7624f051e34.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको