Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन मन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा सम्पर्क विहिन

बुधबार, १५ फागुन २०७५, १४ : ३२ मा प्रकाशित

पर्यटन मन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा सम्पर्क विहिन

काठमाडौँ, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा सम्पर्क बिहिन भएको छ ।

हेलिकोप्टर र मन्त्री सहितका टोलीको अवस्थाका बारेमा केही पनि थाहा लाग्न सकेको छैन । मन्त्री अधिकारीका सहयोगीका अनुसार हेलिकोप्टर सम्पर्क विहिन भएको सूचना प्राप्त भएपनि थप विवरण भने आउन बाँकी रहेको छ ।

खराब मौसमका कारण हेलिकोप्टर सम्पर्क विहिन भएको बताइन्छ । पाथीभराको दर्शन गरेर फर्किएका मन्त्री अधिकारीसहितको पाथीभराबाट चुहान डाँडा जाँदै गर्दा हेलिकोप्टर हराएको हो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको