Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनास्थल खोज्न काठमाडौंबाट उड्यो एयर डाइनेस्टीको अर्को हेलिकोप्टर

बुधबार, १५ फागुन २०७५, १५ : ०० मा प्रकाशित

दुर्घटनास्थल खोज्न काठमाडौंबाट उड्यो एयर डाइनेस्टीको अर्को हेलिकोप्टर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको समाचार आएपछि घटनास्थलको खोजीका लागि सोही कम्पनीको अर्को हेलिकोप्टर ताप्लेजुङ पठाइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार दारेढुङ्गामा दुर्घटना भएको आशङ्का गरिएपछि काठमाडौँबाट सो एयरलायन्स कम्पनीको अर्काे हेलिकोप्टर उद्धारका लागि प्रस्थान गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी घटनास्थलतर्फ जानुभएको छ । सम्पर्कविहीन सो हेलिकोप्टर दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।  मन्त्री अधिकारी र चालकसहित छ जनाको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन भएको स्थलका लागि गएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको