Like us!
Follow us!
Connect us!
Watch us!

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति महासंघद्धवारा श्रद्धाञ्जली व्यक्त

विहीबार, १६ फागुन २०७५, १५ : ०८ मा प्रकाशित

हेलिकप्टर  दुर्घटनामा ज्यान गुमाएकाप्रति महासंघद्धवारा श्रद्धाञ्जली व्यक्त

अर्थ संसार, काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परि दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

तह्रथुम जिल्लाको चुहानडाँडा भन्ने ठाउँमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जानु भएका मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घट्नामा परि बुधबार निधन भएको थियो ।

उहाँको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ ।

दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई शहादत प्राप्त गर्नुहुने उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको आत्माले शान्ति पाओस् भनी महासंघ मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको