Like us!
Follow us!
Connect us!
Watch us!

"फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो, कं रविन्द्रको दुखद निधनवाट खालि भएको निर्वाचन क्षेत्रमॉ उमेदवार वन्ने छैन" बामदेव गौतम

शनिबार, १८ फागुन २०७५, ११ : ५९ मा प्रकाशित

"फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो, कं रविन्द्रको दुखद निधनवाट खालि भएको निर्वाचन क्षेत्रमॉ उमेदवार वन्ने छैन" बामदेव गौतम

अर्थ संसार,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले आफूविरुद्ध कुप्रचार गरिएको आरोप लगाएका छन् ।

उनले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर आफूविरुद्ध कुप्रचार गरिएको बताएका छन् ।

उनले फेसबुकमा शनिबार स्टाटस लेख्दै भनेका छन्,"फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो।मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि मं कं रविन्द्रको दुखद निधनवाट खालि भएको निर्वाचन क्षेत्रमॉ उमेदवार वन्ने छैन। मेरो संपूर्ण प्रयत्न स्व.क.रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु। "

5c7a20b6d1c59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको