अर्थ संसार, काठमाडौँ –पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ । अधिकारी उपचाररत ह्याम्स अस्पतालले पत्रकार सम्मेलन गर्दै अधिकारीको अवस्था खस्किँदो रहेको जनाएको छ ।
फोक्सो र मुटु सम्बन्धी समस्या भएर अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून रहेको समेत अस्पतालले जनाएको छ ।
अस्पतालको क्रिटिकल केयर सर्भिसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डिरेक्टर डा. भाष्करराज पन्तद्वारा हस्ताक्षरित स्वास्थ्य अपडेटमा अधिकारीले बितेको २४ घण्टादेखि पिसाब समेत नगरेको उल्लेख छ ।
अधिकारीको स्वास्थ्य अपडेट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस