Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन भरतमोहन अधिकारी, पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

आइतबार, १९ फागुन २०७५, १० : ०९ मा प्रकाशित

रहेनन भरतमोहन अधिकारी, पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

काठमाडौं– नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राती निधन भएको छ ।

धुम्बाराहीस्थित उनी उपचाररत हेम्स अस्पतालले अधिकारीको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको  छ ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

पार्टी कार्यालयमा श्रद्धाञ्जलि, आजै अन्त्येष्टि

 उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

5c7b5f53854f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको