Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व अर्थमन्त्रीको निधनप्रति परिसंघको समवेदना

आइतबार, १९ फागुन २०७५, १९ : १५ मा प्रकाशित

पूर्व अर्थमन्त्रीको निधनप्रति परिसंघको समवेदना

अर्थ संसार, काठमाडौं– पूर्व उप–प्रधानमन्त्रीतथा नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको असामयीक निधनबाट नेपालउद्योग परिसंघले अत्यत्न दुःखी गरेको छ ।

नेपालको पहिलो कम्युनिष्ट सरकारका पहिला अर्थमन्त्री रहेका अधिकारीले नेपालको सामाजिक सुरक्षाका क्षेत्रमा उदाहरणीय भूमिका निभाएका थिए ।

मुलुकको विकास तथा स्थानीयतहको उत्थानका लागि समेत उनले सुरुवात गरेका कार्यहरुले लामो समयसम्म निरन्तरता पाएका थिए । उनले सुरुवात गरेका बृद्ध भत्ता, “आफ्नो गाऊँआफै बनाउ” जस्ता कामहरु नेपालीले सम्झी रहने कार्यहरु हुन ।

भरतमोहन अधिकारीले सामाजिक उत्थानको कार्य मात्र गरेका थिएनन्, पटक पटक अर्थ मन्त्री बनेका उनले नेपालको अर्थिक विकासका लागि औद्योगिक विकास जरुरी रहेको कुरा बुझेका थिए र तदनुरुप निजी क्षेत्र मैत्री आर्थिक नीतिका कार्यहरु समेत अघि बढाएका थिए । उनको कार्य कालमा नेपालको निजी क्षेत्रले लगानी बृद्धि गर्ने अवसर पाएको थियो ।

उनको निधनले मुलुक एक मूर्धन्य नेताएवं अभिभावक गुमाएको छ । यस दुःखद घडीमा नेपालउद्योग परिसंघ उनको आत्माको चीर शान्तीको कामनागर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको