Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया क्यापिटल लिमिटेडद्वारा दोश्रो वार्षिकोत्सवको अवसरमा विशेष छुटको योजना

बुधबार, २२ फागुन २०७५, १९ : ३२ मा प्रकाशित

एन आई सी एशिया क्यापिटल लिमिटेडद्वारा दोश्रो वार्षिकोत्सवको अवसरमा विशेष छुटको योजना

अर्थ संसार, काठमाडौं– एन आईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवशरमा नयाँ ग्राहाकहरुका लागि  आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।

सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा मिति २०७५/११/२२ देखि २०७५/१२/०६ का लागि पूर्ण रुपमा नि : शुल्क गरिएको साथै एक महिनाका लागि (२२/११/२०७५ देखि २२/१२/२०७५ सम्म) लगानी व्यवस्थापन सेवा (Portfolio Management Service) को संपुर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय सेवा मार्फत लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।

डिम्याट खाता संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको