नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा आउने तरलता व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति ल्याएको छ।
विदेशी मुद्रा खरिदपछि बैंकिङ प्रणालीमा एकैपटक अत्यधिक तरलता प्रवाह हुन नदिई बजारमा मुद्रा आपूर्ति सन्तुलित राख्नका लागि राष्ट्र बैंकले खरिदकै समयमा 'स्टेरिलाइज्ड इन्टरभेन्सन' गर्ने नीतिगत व्यवस्था समेत लागू गर्ने जनाएको छ। यसका साथै, राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंकदरलाई यथावत राख्दै अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई नै निरन्तरता दिइने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस