Like us!
Follow us!
Connect us!
Watch us!

आगलागी पीडितलाई ज्योति विकास बैँकको सहयोग

आइतबार, २६ फागुन २०७५, १९ : ११ मा प्रकाशित

आगलागी पीडितलाई ज्योति विकास बैँकको सहयोग

अर्थ संसार, काठमाडौं– ज्याति विकास बैंकले आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ साल माघ १४ गते सोमबार साँझ आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहतस्वरुप पचास हजार सहयोग गरेको  हो ।

फाल्गुन २५ गते शनिबार ललितपूर–१ प्रतिनिधिसभा सदस्य नबराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल,निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति मार्फत ज्योति विकास बैंकले सहयोग गरेको रु पचास हजार समेत गरी रु सात लाख पाँच हजारको चेक हस्तान्तरण गरिएको छ । ज्योति बिकास बैकलेराहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाउ स्थित शाखा कार्यलयमा खाता खोली बिशेष प्रबन्ध मिलाइएको थियो ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२  वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्रथप ५ वटा नयाँ शाखा तथा थप२ ७ स्थानमा ATM  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ८२ हजार भन्दा बढि खाताबाट रु. २४.१२ अर्ब भन्दा बढि निक्षेप संकलन गरी १६ हजार भन्दा बढि ऋणी मार्फत रु. २१.३६ अर्व भन्दा बढि लगानीग र्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजीरु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्तापूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको