Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने : सञ्चारमन्त्री बास्कोटा

शुक्रबार, ०१ चैत्र २०७५, १७ : ५० मा प्रकाशित

प्रेस काउन्सिलद्वारा प्रस्तुत कुनै पनि माग नरोकिने : सञ्चारमन्त्री बास्कोटा

अर्थ संसार, काठमाडौं– प्रेस काउन्सिल नेपालको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम र कानुन कुनै पनि प्रस्ताव नरोकिई यथाशीघ्र कार्यान्वयनमा लगिने बताउनुभयो ।

उहाँले एक हप्ता भित्र उपलब्धि मुलक कार्यक्रम बनाएर पठाउन आग्रह गर्नुभयो । बैठकमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने बताउनुभयो ।

तयार भएका ऐन, विनियमावली, निर्देशिकाहरु यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामीबर्ष स्वर्ण जयन्तीवर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षाबारे धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्नुभयो । उहाँले काउन्सिलको भौतिक सम्पति,आर्थिक बर्ष २०७५।७६ को नीतिगत, कानुनीउपलब्धी, पछिल्लो दुई बर्षमा भएका महत्पूर्ण उपलब्धी, आगामी सोच तथा कार्यक्रमबारे प्रकाशपार्नुभयो ।

कार्यक्रममा बोर्ड सदस्यहरुले प्रादेशिक रुपमा काउन्सिलको कार्यालय स्थापना गरी त्यहिँबाट अनुगमन गर्नुपर्ने,मन्त्रालयबाट रोकिएका कामहरु यथाशीघ्र अघि बढाउनुपर्ने लगाएतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बोर्ड सदस्यहरु गोविन्दआचार्य, गोविन्द चौंलागाई, शुभेच्छाबिन्दु तुलाधर, संगीता खड्का, गोपाल बुढाथोकी,चेतनाथ धमला,इश्वरीप्रसाद ओझा, सदस्य–सचिव बालकृष्ण घिमिरेत्यस्तै काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपकखनाल, प्रेस काउन्सिल नेपाल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछाने,आचारसंहिता अनुगमन (विद्युतीय) शाखाप्रमुख उप–प्रशासकीय रामशरण बोहरा लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समीक्षा बैठक पश्चात साहित्यिक पत्रकारहरुको टोलिसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका समस्याहरुलाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने लगाएतका  धारणा राखिएको थियो ।

5c8b95829c9b9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको