Like us!
Follow us!
Connect us!
Watch us!

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

शनिबार, ०२ चैत्र २०७५, ११ : ३८ मा प्रकाशित

वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

अर्थ संसार, पाल्पा– नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । उहाँले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो ।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो । उहाँले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताउनभयो ।

नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उहाँले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बतउनुभयो । नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले नेपाल संविधानमा व्यवस्था मान्ने बताउनुभयो ।

उहाँले गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताउनुभयो । वर्तमान सरकारले एक वर्षको अवधिमा राम्राकाम गर्न नसकेको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको